जाजरकोट ।
जाजरकोटमा चोरीको मोटरसाइकलसहित एक वडाध्यक्ष पक्राउ परेका छन् । नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन चोरीको मोटरसाइकलसहित अध्यक्ष पुन पक्राउ परेका हुन् ।
वडाध्यक्ष पुनले लामो समयदेखि कागजपत्र नै नभएको लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चलाउँदै आएका थिए। वडाध्यक्ष भएकै कारण प्रहरीले खासै वास्ता गरेको थिएन ।
वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेको थियो । उजुरीपश्चात प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो। मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदवावपछि हिजो(बुधबार) प्रहरीले पक्राउ गरेको हो।
वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
यस प्रति तपाइको धारणा के छ ?