Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भोजपुरमा सत्ता गठबन्धनभित्र लफडा : माओवादी नेताद्वारा राजीनामा

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख ८ १३:०१
भोजपुरमा सत्ता गठबन्धनभित्र लफडा : माओवादी नेताद्वारा राजीनामा
ShareTweetPin

भोजपुर ।
स्थानीय तह निर्वाचनको सिट बाँडफाँडलाई लिएर भोजपुरमा सत्तारुढ दलभित्र भाँडभैलो भएको छ ।

मंगलबारको बैठकले जिल्लाको सात पालिकामा गठबन्धन गर्ने र दुई पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । उक्त निणर्यले भोजपुरमा सत्तारुढ दलभित्र चरम असन्तुष्टि बढेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङ राईका अनुसार जिल्लाको नौ पालिकामध्ये कांग्रेसलाई पाँच र नेकपा माओवादी केन्द्र दुई पालिकाको प्रमुख दिने सहमति भएको थियो ।

उनकाअनुसार भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्के मैयु गाउँपालिका, साल्पा सिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकाको प्रमुख कांग्रेसलाई दिने सहमति भएको छ । माओवादी केन्द्रलाई रामप्रसाद राई गाउँपालिका र पौवादुङ्मा गाउँपालिकाको अध्यक्ष दिने सहमति भएको छ ।

उपप्रमुख तथा उपाध्यक्षतर्फ माओवादी केन्द्रलाई षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिका माओवादीलाई दिने सहमाति भएको छ । रामप्रसाद राई र पौवादुङ्मा गाउँपालिमा कांग्रेसले उपाध्यक्ष लिने भएको छ ।

भोजपुर नगरपालिकाको र टेम्के मैयु गाउँपालिका उपप्रमुख तथा उपाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा जनता समाजवादी पार्टी ९जसपा० र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार हुने सहमति भएको नेता काङमाङले जानकारी दिए ।

तर, जसपाले भने भोजपुरमा गठबन्धनबाट बाहिरिसकेको घोषणा गरेको छ । एउटा पनि स्थानिय तहको नेतृत्व नपाएपछि जसपा ठबन्धनबाट बाहिरिएको हो । उसले पाँच दलिय गठबन्धनको निर्णयमा असमति जनाउँदै एक्लै चुनाव लड्ने बताइसकेको छ ।

गठबन्धन घटक अन्य पार्टीले घेराबन्दीमा पारेर जसपालाई सम्मान जनक पद नदिएको एक्लै चुनावमा जाने निर्णय गरेको जसपा सचिव नवराज काङमाङले जानकारी दिए ।

सचिव राईले भने, ‘हाम्रो पार्टीको हैसियत विपरित आज भएको निर्णय मान्य छैन । समन्वय समितिमा राख्ने भन्दै हामीलाई अन्य पार्टीले घेराबन्दी पारेर निर्णय गरेको प्रति हाम्रो आपत्ती छ ।’

एकीकृत समाजवादी पनि बाहिरियो

षडानन्द नगरपालिकामा भने एकीकृत समाजवादी बाहिरिएको छ । गठबन्धनबाट बाहिरिएसँगै मेयरसहित ९ वटा वडाहरुमा वडाध्यक्षको उम्मेदवार टुङ्ग्याएको छ ।

सबैभन्दा बलियो संगठन भएको पालिका भएपनि पालिकामा सम्मान सिट नपाएपछि आफूहरु गठबन्धनबाट बाहिरिएर एक्ला एक्लै चुनावी मैदानमा आउने निर्णयमा पुगेको समाजवादीका नगर कमिटीका अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिए ।

एकीकृत समाजवादीले नगर कमिटीका अध्यक्ष भित्रिकोटीलाई मेयरको उम्मेरदवार बनाउने भएको छ । वडा नं। १ मा गजेन्द्र राई, वडा नं। २ विशाल राई, वडा नं। ४ मा लेखनाथ श्रेष्ठ, वडा नं। ८ मा दीपराज राई, वडा नं। ९ मा ङिमा शेर्पा, वडा नं। १० मा नुतन राई, वडा नं। ११ मा मिलन विष्ट र वडा नं। १३ मा विन्द्र तामाङलाई वडाध्यक्षको उम्मेदरवार बनाउने समाजवादीको निर्णय छ ।

माओवादी नेताद्वारा राजीनामा

सत्ता गठबन्धनको निणर्यप्रति नेकपा माओवादी केन्द्रभित्र पनि चरम असन्तुष्टि बढेको छ । उक्त निणर्यप्रति असहमति जनाउँदै माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मोहन किराती ‘मादेन’ राजिनामा नै घोषणा गरिसकेका छन् । अन्य नेता कार्यकर्ताहरूले पनि विरोध जनाइरहेका छन् । उनीहरुको असन्तुष्टि अहिले सामाजिक सञ्जालमा छताछुल्ला भएको छ ।

पार्टीको गलत ह्वीपलाई अक्षरस पालना गर्ने, सत्ता र पहुचको पूजा गरि दलाल नेतृत्वको खुट्टा ढोग्ने प्रविती, जनतालाई सधैँ शोषण गर्ने दिर्घकालिन योजनाविरुद्धको बिद्रोह गरेको मादेनले बताएका छन् । कार्यकर्ता र जनतालाई दास र भरौटे सम्झने र उनका मतियारलाई गाउँबाटै लखेट्ने चेतावनी समेत दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्( कुनै पनि पार्टीको गलत ९नाजायज० ह्वीपलाई अक्षरस पालना गर्ने, सत्ता र पहुचको पुजा गरि दलाल नेतृत्वको खुट्टा ढोग्ने प्रविती, आम शोषि, पीडित जनतालाई सदाबहार शोषण गर्ने दिर्घकालिन योजनाबिरुद्धको बिद्रोह हो, मेरो राजिनामा ।’

यसैगरी माओवादी केन्द्रका पौवादुमाका नेता गोविन्द राईले पनि गठबन्धनको निर्णयको विरोध जनाएका छन् । राईले जिल्ला र केन्द्रको आदेश पौवादुङ्मा लागू नहुने र जिल्ला र केन्द्रको आदेश मानेर चुनावमा भाग लिन आए प्रतिवाद गर्ने बताएका छन् । माओवादी केन्द्रकै अर्का नेता मैसम राईले पनि गठबन्धनको निर्णयप्रति विरोधन जनाएका छन् । उनले गाउँपालिकाको निर्णयलाई वेवस्था गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्( २ वैशाखमा नेकपा माओवादी केन्द्र पौवादुङमाले गरेको निर्णयको महत्व नदिनु भनेको समग्र पौवादुङमामा रहेको माओवादी केन्द्रको नेता कार्यकर्ताको छातीमा कुल्चनु हो । यस्तै हो भने भोलिका दिनमा माओवादी पार्टी पौवादुङमामा जिरोमा पुग्छ ।’

दुई पालिकामा मिलेन कुरा

यता दुई गाउँपालिकामा भने सत्ता गठबन्धनभित्र भागबण्ड मिल्न नसकेपछि स्वाच्छ प्रतिस्प्रर्धा गर्ने भएको छ । माओवादी नेता काङमाङका अनुसार आम्चोक र अरुण गाउँपालिकामा सत्ता गठबन्धनभित्रै चुनावी प्रतिस्पर्धा हुनेछ । तर, गठबन्धन दल बाहेकका अरुसँग चुनावी मोर्चा बने कारबाही गर्ने सहमति भएको काङमाङले बताए ।

भागबण्डाको सूची परिवर्तन

भागबण्डा टुंग्याएलगत्तै टेम्केमैयुङ गाउँपालिकाको सिट बाँडफाँटमा कांग्रेस र माओवादीको कुरा बाझिएको छ । बैठकपछि माओवादी नेता काङमाङले स्थानीय तहको सिट बाँडफाटमा भोजपुर गठबन्धनको निर्णय भनी फेसबुकमा सूचि सार्वजनिक गरेका थिए । सार्वजनिक सूचीमा टेम्केमैयुङको अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष कांग्रेलाई दिने बताइएको थियो ।

तर, केही समयपछि नै नेता काङमाङले उक्त सूची सच्चाएका छन् । उनले सूची सच्याउँदै टेम्केमैयुङको अध्यक्ष कांग्रेसलाई दिने भनेर उल्लेख गरेका छन् । टेम्केमैयुङ नेता काङमाङकै गृहपालिका हो । भागबण्डामा छलफल हुँदा टेम्केमैयुङमा माओवादीले उपप्रमुख आफ्नो बटमलाइन बनाएको थियो । २०७४ को चुनावमा पनि एमालेविरुद्ध गठबन्धन बनेको यस पालिकामा माओवादीले प्रमुख–उपप्रमुख उठाएको थिएन ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

यस संग सम्बन्धित

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

एमाले अध्यक्ष ओलीले सभामुखलाई धम्क्याएको भन्दै सत्ता साझेदार दलहरुको आपत्ती

बलात्कार आरोपितलाई कानुनी दायरामा ल्याउन सभामुखको निर्देशन

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि

भरतपुरमा ३१ सय बढी मतले रेनु अगाडी : एमालेका विजयको मत कति ?मतसहित

सर्वाधिक पढिएका

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.