काठमाडौं ।
वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच चुनावी तालमेल हुने भएको ।
दुई पार्टीबीच गठबन्धनको सहमति जुटेसँगै ३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् ।
सरावगी वर्तमान मेयर हुन् । वडा अध्यक्ष र सदस्यको भन्ने नाम टुंग्याउन बाँकी छ । सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ।
यस प्रति तपाइको धारणा के छ ?