काठमाडौं ।
हेटौंडामा कांग्रेसले मेयर पद नपाए एक्लै उम्मेदवारी दिने चेतावनी दिएको छ ।
स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमति भएको जनाइएको छ । सो सहमतीप्रति नेपाली कांग्रेसको नगर समितिले असहमति जनाउँदै यस्तो चेतावनी दिएको हो ।
उक्त सहमतिले नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै कांग्रेसले निर्णयलाई पुनरावलोकन गरी कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरुबीच सहमति गर्न माग गरेको छ ।
यो निर्णयको पुनरावलोकन नभए हेटौंडामा गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसले बताएको छ ।
यस प्रति तपाइको धारणा के छ ?