पोखरा ।
नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा सिफारीस टिकाकुमारी गुरुङले विपिको समाजवादको नीति कार्यान्यन गर्न पार्टीमा उम्मेदवारी दर्ता गराएको बताएकी छन् । उनले अफ्नो उम्मेदवारी वारे १८ बुदेँ घोषण पत्र समेत सार्वजनिक गरेकी छन् । गुरुङले असल सेवकको रुपमा काघमा जिम्मेवारी भावनामा इमान्दारी, मस्तिष्कमा समझदारी र विकासमा साझेदारीका साथ जनताको सेवा गर्ने संकल्प रहेको बताइन् ।
कुरा हैन काम गर्ने, निरन्तताका लागि नभइ रुपान्तरणका लागि, शासन गर्न नभइ सुशासन निर्माण गर्न, असरल्ल, अव्यवस्थित, दिक्क लाग्दो शहरलाई व्यवस्थित, सुरक्षित र सहर लाग्दो बनाउन, नेपाली कांग्रेसले अंगिकार गरेको विपिको समाजवादको नीतिले नगर सिंगार्न आफ्नो उम्मेदवारको आकांक्षी रहेको उनले घोषणा पत्रमा लेखेकी छन् ।
यस्तै व्यक्तिलाई सत्तामा पुग्ने भर्याङ हैन, देशलाई नै समृद्धीको भयाङ चढाई पार्टीलाई स्थापित गराउन, नगरमा विकास सुशासन र समृद्धी अनि नागरिकको मुहारमा खुशी, सन्तुष्टि र प्रसन्नता ल्याउन, पोखरालाई भौगोलिक रुपमा व्यवस्थित, सांस्कृतिक रुपमा सुसंस्कृत, प्राकृतिक रुपमा भर्जिन, पर्यटकिय रुपमा अन्तराष्ट्रियकरण र गुणस्तरिय स्वास्थय शिक्षा र पर्यटकिय शहरको रुपमा विकास गर्ने आफ्नो आफुले उम्मेदवारको आकांक्षा राखेको बताइन् ।
कांग्रेस पोखरा महानगरले उपमेयरमा १० जनाको नाम केन्द्रलाई सिफारीस गरेको छ । त्यस्तै कांग्रेसमा १८ जनाले मेयरको उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका छन् ।
यस प्रति तपाइको धारणा के छ ?