पोखरा ।
कास्की कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्न नसकिने भन्दै विज्ञप्ति निकालेको छ । सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालद्धारा हस्ताक्षरित विज्ञप्तिमा एसले अस्वभाविक दाबी गरेकोले उनीहरुसँग तालमेल हुन नसक्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा लेखिएको छ,‘एकीकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठवन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडी वढाउने र नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’
यस प्रति तपाइको धारणा के छ ?