Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 24, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गठबन्धनका दल बाधक बने पछि सभामुख सापकोटालाई हटाउने कांग्रेस एमालेको सहमति

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७८ फाल्गुन ११ १६:३५
प्रधानमन्त्री देउवा र एमाले अध्यक्षा ओली भेट
ShareTweetPin

काठमाडौं।
गठबन्धनका दल एमसीसी पास गर्न बाधक भएमा हटाउने कांग्रेस–एमालेबीच सहमति, महन्थ ठाकुरलाई सभामुख बनाउने तयारी
एमसीसीलाई लिएर नेपालको राजनीति पेचिलो बनेको छ । सत्ता गठबन्धन पनि टुट्ने अवस्थामा पुगेको छ । विरोध र विवादका बावजुद सरकारले फागुन ८ गते एमसीसी सदनमा टेबुल गरेको छ । एमसीसी सदनमा टेबुल गर्नुभन्दा अघि सत्ता गठबन्धनमा निकै ठूलो रस्साकस्सी परेको थियो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालले अहिलेको अवस्थामा एमसीसी टेवुल गर्न नहुने अडान राखेका थिए । तर, नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपालमाथि दबाब बढाएपछि अन्ततः माधव नेपालले एमसीसी टेबुल गर्न दिने सहमति जनाएको कुरा बाहिर आएको छ ।

उता, जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष बहुमतमा देखिएको छ । सो सँगै अल्पमतमा परेका अध्यक्ष उपेन्द्र यादव पनि अन्ततः एमसीसी टेबुल गर्न दिने पक्षमा पुगेका थिए । तर, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का भातृ संगठन भने एमसीसीको विरोधमा सडक संघर्षमा उत्रिएका छन् । प्रचण्ड र माधव नेपालले एमसीसीलाई लिएर दोहोरो भूमिका खेलेको भन्दै आलोचना भैरहेको छ ।

एमसीसी पारित गराउनको लागि सहयोग नगर्ने भनेर प्रचण्ड र माधव नेपालले सार्वजनिक रुपमै भनिसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि दबाबमा छन् । अमेरिकाले भने यही फागुन १६ गतेभित्रै एमसीसी पास गराउनको लागि समयसिमा तोकिदिएको छ। यदि उक्त समयसिमाभित्र पनि एमसीसी पास भएन भने एमसीसी फिर्ता लैजाने अमेरिकाको तयारी छ । प्रधानमन्त्री देउवा भने कुनैपनि हालतमा एमसीसी पास गराउनेगरि अन्तिम गृहकार्यमा जुटेका छन् ।

उनले एमसीसी पास गराउने शर्तमा गठबन्धन पनि तोडेर एमालेसँग सहकार्य गर्नपनि आफू तयार रहेको सन्देश दिईसकेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको भेटवार्ता बाक्लिएको छ । हिजोमात्रै ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

उक्त भेटमा एमसीसी पास गराउनको लागि एमाले अध्यक्ष ओली सकारात्मक बनेको स्रोतको दाबी छ। एमसीसी प्रक्रियामा अघि बढाउनको लागि सभामुख अग्निप्रसाद सापकोटाको भूमिका अझैपनि शंकाको घेरामा रहेको कांग्रेस नेताहरुको गुनासो छ ।

उता, एमालेले आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्रको सूचना टाँस नगरेर सभामुखले गम्भीर गल्ती गरेको आरोप लगाउँदै लगातार सदन अवरुद्ध गरिरहेको छ। एमालेले एमसीसीमा साथ दिनको लागि सभामुखलाई हटाउने शर्त कांग्रेससामू राखेको छ । जसमा कांग्रेस नेतृत्व हिजोदेखि सकारात्मक बनेको चर्चा छ ।

उच्च स्रोतकाअनुसार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा सभामुख सापकोटालाई हटाउनेसम्मको तयारी भएको छ। एमसीसीको पक्षमा उभिएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सभामुख बनाउनेगरि कांग्रेस र एमालेका नेताहरुबीच छलफल अघि बढेको छ ।

सायद, कांग्रेस र एमालेको सभामुख हटाउने तयारी थाहा पाएर होला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले क्रान्तिकारीहरुलाइ हराउनेगरि अहिले प्रपञ्च भैरहेको भएपनि त्यसलाई चिरेर आफूहरु विजयी हुने बताएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी
राजनीति

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो
राजनीति

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय
राजनीति

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल  विजयी
राजनीति

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल विजयी

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

यस संग सम्बन्धित

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.