Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राजावादी दल राप्रपा विभाजन उन्मुख, नयाँ दल खोल्ने थापाको तयारी

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७८ माघ २१ ०५:५२
राजावादी दल राप्रपा विभाजन उन्मुख, नयाँ दल खोल्ने थापाको तयारी
ShareTweetPin

पोखरा ।
राजावादी, संघीयता र धर्म निरपेक्ष राष्ट्र विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन उन्मुख भएको छ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका उनी पक्षीय नेताले दाबी गरेका छन् । थापा निकट नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसँग माघभित्रै कुनै सहमति हुन नसके फागुनको पहिलो साता नै थापाले नयाँ राजनीतिक दलको घोषणा गर्ने छन् ।

‘अध्यक्षमा राजेन्द्रजीले नोमिनेसन गरेपछि दुबैजनाबीच फेस टु फेस नै भएको छैन । अहिले थापा कोरोना भएको कारण आइसोलेसनमा हुनुहुन्छ’ राप्रपाका पूर्व कोषाध्यक्ष उद्धव पौडेलले भने, ‘माघभित्र निर्णय भएर सुलह नभएको अवस्थामा नयाँ पार्टी बन्दा अचम्म नमाने हुन्छ । त्यस दिशातर्फ गईरहेको देखेको छु । मिल्न चाहने हो भने धेरै ठूला विषयहरु छैनन् ।’

पौडेल शनिबारसम्ममा थापाको आइसोलेसनका लागि तोकिएको अवधी समाप्त हुने बताउँछन् । पौडेल अध्यक्ष लिङ्देन र थापा दुबैसँग संवादमा रहेका छन् । थापा निकट कतिपय युवा नेताहरुले फागुन ७ गते प्रजातन्त्र दिवसको असर पारेर नयाँ दलको घोषणा हुने फेसबुकमा लेखेका छन् ।

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् ।

पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।

छानबिनका लागि अध्यक्ष लिङ्देन तयार छैनन् । त्यसैगरी अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयन र जिम्मेवारी बाँडफाँट सन्तुलिन हुन नसकेको थापाको आरोप छ । लिङ्देन निर्वाचित भएपछि थापाले अध्यक्षलाई सम्बोधन गर्दै दुई पटक पत्र लेखिसकेका छन् ।

गत साता लेखेको पत्रमा थापाले पार्टीभित्र आफूलाई किनारामा पार्न थालिएको भन्दै त्यसले गम्भीर परिणाम ल्याउने चेतावनी दिएका थिए । दुबै पत्रमा थापाले पूर्व राजा र निर्मल निवासको चर्को आलोचना गरेका थिए । छानबिनको विषयलाई दोहोर्‍याएका थिए ।

‘चुनाव तोकिने, पार्टीभित्र छलफल र बहस पनि नहुने हामीले पार्टीले उठाएका मागहरुको सुनवाई र सम्बोधन नहुने हुँदै गयो र नेतृत्व यस्तै अकर्मण्य भएर बस्दा विकल्पमा जानुपर्ने हुन्छ’ थापा निकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘नेतृत्व अकर्मण्य देखिएको छ त्यसले पार्टीलाई दुर्घटना गराउँछ कि भन्ने डर छ । हदैसम्मको अप्रिय निर्णय लिनसक्ने संभावना कायमै रहन्छ ।’

महाधिवेशनले पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिमा भने थापा प्यानलबाट प्रतिस्पर्धा गरेका नेताहरुले जितेका छन् ।

‘थापाको स्वभाव आवेशमा आएर निर्णय लिने र त्यसलाई निरन्तर रुपमा बचाउ गर्ने प्रकारको छ । चुनावमा हस्ताक्षेप भयो भनेर बोलिहाल्नु भयो । छानबिनको विषय छाड्न गाह्रो भएको छ,’ लिङ्देन निकट एक नेताले भने, ‘छानबिन गर्ने विषय अध्यक्षले स्वीकार्नु हुन्न ।’

पौडेलकाअनुसार महाधिवेशनमा नेतृत्व चयनको विषयमा भएको हस्तक्षेपमा छानबिनसहितका अन्य विषयहरुमा दुबै पक्षको फरक फरक धारणा रहेको छ ।

‘हस्तक्षेप भएको विषयमा छानबिन हुनुपर्छ भन्ने थापाको प्रमुख माग रहेको छ । त्यसमा अध्यक्षले कसरी लिनुहुन्छ भन्न सक्दिन’ पौडेलले भने ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

यस संग सम्बन्धित

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

सर्वाधिक पढिएका

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.