राष्ट्रपति समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

केन्द्र खबर

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

नेपालका लागि साउदी अरेबियाका आवसीय राजदूत साद नासिर अब्दुल्लाह अबु हाइमेदले शुक्रबार राष्ट्रपति समक्ष परराष्ट्र मन्त्री डा. नारायण खड्काको उपस्थितिमा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

त्यसैगरी शुक्रबार नै स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूत रोबर्ट म्याक्सियनलेसमेत राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

 

 

  • १० भाद्र २०७९, शुक्रबार १९:०४ प्रकाशित