पोखरा अपडेटः ६५४६२ मत गन्दा ३२ सय बढी मतले धनराज अघि , थापाको मत कति ? (परिणामसहित)

केन्द्र खबर

पोखरा ।

पोखरा महानगरको मतगणना जारी छ । जारी मतगणनामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम नै राखेका छन् ।

६५ हजार ४६२ मत गनिसक्दा आचार्यले ३ हजार २७० मतले अगाडि छन् । आचार्यले २६ हजार ९६८ मतले पाउँदा नेकपा एमालेका कृष्णा थापाले २३ हजार ६९८ मत ल्याएका छन् ।यस्तै राप्रपाका शंकर खरालले २ हजार ७७५ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले १ हजार ६७० मत पाएका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले २७ हजार २८४ मतले अघि छन् । भने एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार ११९ मत ल्याएकी छिन् ।

यस्तै राप्रपाकी रञ्जना सेन २ हजार ५८८ मत पाएकी छिन् ।१५ वडाको मतगणना सकिदा कांग्रेस ११ र एमाले ४ वडामा विजयी भएको छ ।

  • ६ जेष्ठ २०७९, शुक्रबार ०९:५४ प्रकाशित