माओवादीले चुनावपछि विशेष महाधिवेशन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने भएको छ ।

आफ्नो प्रतिवेदनमा उठेका सवालको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ठोस विचारको विकास गर्न आगामी चुनावलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरे ।

‘प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूका तर्फबाट उठेका जिज्ञासा तथा सुझाव तथा छुटेका पक्षहरूलाई समेटेर पूर्णता दिएर ठोस विचारको विकास गर्न महाधिवेशन आयोजना गरिनेछ’, उनले भने ।

विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान र बहस आवश्यक भएको र यो महाधिवेशनको प्रतिवेदनमार्फत त्यसको सुरूआत गरेको प्रचण्डको भनाइ छ ।

अहिलेको राजनीतिक प्रतिवेदनलाई पूर्णदस्तावेजका रूपमा नबुझ्न उनको आग्रह थियो ।

  • १६ पुष २०७८, शुक्रबार १६:५२ प्रकाशित