प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित भएको छ । आजको बन्दसत्र हलबाट प्रतिवेदन पारित भएको हो ।

प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि प्रचण्डले आज दुई घण्टा लगाएर जवाफ दिएका थिए । उनले यसमा आएका सुझावहरूलाई समेट्दै प्रतिवेदनमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाए ।

राम कार्कीको पुरक प्रस्ताव र लेखनाथ न्यौपानेको फरक मतबारे भने प्रचण्डले कुनै जवाफ दिएनन् ।महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको थियो ।

  • १६ पुष २०७८, शुक्रबार १६:४९ प्रकाशित