र्‍यापर लाउरेलाई ८ दिन हिरासतमै राखेर अनुसन्धान गरिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ परेका र्‍यापर आशिष राना(लाउरे)लाई ८ दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ ।

लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका ‘लाउरे’ सहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

लाउरेलाई दुई दिनअघि पोखराको न्यूरोडबाट प्रहरीले पक्राउ गरेको थियो । लागू औषध ब्राउनसुगर खरिद गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए ।स्रोतका अनुसार लाहुरेले आफूले ब्राउन सुगर प्रयोग गरेको स्वीकारिसकेका छन् ।

उनले ड्रग नखाई स्टेजमा जान नसक्ने बताएको प्रहरी स्रोतले बताएको छ ।

  • १६ पुष २०७८, शुक्रबार १६:४५ प्रकाशित