हामी अर्को एउटा छलाङ हान्दैछौँ : प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु फेरि अर्को एउटा छलाङ मार्न खोजिरहेको बताएका छन् । उनले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताउँदै अर्को छलाङ मान खोजिरहेको बताएका हुन्।

प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको र आवश्यक पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार रहेको उनले बताए । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्ने गरेको भन्दै उनले भने, ‘२०४५ सालमा सानो समूहबाट शुरु गरेर २०५२ सालमा जनयुद्ध शुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ?’

  • १६ पुष २०७८, शुक्रबार १६:०० प्रकाशित