एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं।

एमसीसी विरुद्ध प्रत्येक दिन जसो प्रर्दशन हुदैँ आइरहेको छ ।

कुनै न कुनै पार्टी,संगठनले यसविरुद्ध विरोध प्रर्दशन गर्ने गरेका छन् । राजनितिक दलका केही शिर्ष नेताहरुले यो विदेशी अनुदान भएको र यसले हाम्रो मुलुकलाई नै फाइदा पुग्ने बताइरहे पनि यसको विरो हुन छाडेको छैन । राजनितिक दलकै केही शिष नेताले यसलाई सहज रुपमा स्वीकारेका छैनन ।

यसैबीच आज एमसीसी सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् । कोटेश्वरबाट आएकाहरु सिभिल अस्पताल अगाडि, माइतीघरबाट आएकाहरु एभरेस्ट होटल अगाडी र पुरानो बानेश्‍वरबाट आएका प्रदर्शनकारीले पानी ट्‍यांकी अगाडि एमसीसीविरुद्ब नाराबाजी गरिरहेका छन् ।

  • १६ पुष २०७८, शुक्रबार १५:३८ प्रकाशित