कुलमानले भने,‘झ्याप्प झ्याप्प बत्ती जाने समस्या छिट्टै समाधान हुन्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

केही दिन देखि झ्याप्प झ्याप्प बत्ती गइरहने समस्या छिट्टै समाधान हुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गरेका छन् ।

विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्नु परेकाले बेलाबेला बत्ती जाने गरेको उनले बताए । शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘विगत ३-४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले आपूर्ति नभएको पनि होइन ।’

बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट रहेको उनले सुनाए ।

  • १६ पुष २०७८, शुक्रबार १५:३० प्रकाशित