धनन्जयमाथि मन्त्री आलेको आक्रोश:भने, ‘यस्तो साँढेलाई राखेर बोर्ड चल्छ ?’

केन्द्र खबर

काठमाडौं ।

विवादमा परेपछि निलम्बनमा परेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले साँढेको संज्ञा दिएका छन् ।

उनले आज बोर्डको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो संज्ञा दिएका हन् । उनले भने, यस्तो साढेलाई राखेर नि बोर्ड चल्छ ?’

आलेले छानबिनमा रहेको सीईओ रेग्मीबाट कुनै पनि हालतमा संस्था नचल्ने दाबी गर्दै उनलाई ‘साँढे’ को संज्ञा दिएका हुन् ।‘यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छरु केही कुरा तपाईंहरूका मागका विषयमा छलफलमा हुँदा पनि बोर्ड सदस्यले यस्तो नगरौं संस्था डुब्छ भन्दा आज तपाईँ रिसाउनुभयो जाउँ हिँड्नु रक्सी खान भन्ने उनको चलन रहेछ, यस्तो साँढेलाई राखेर बोर्ड चल्छ ?’ उनले भने।

  • १६ पुष २०७८, शुक्रबार १५:१४ प्रकाशित