एमाले चितवनको अध्यक्षका यी ४ आकांक्षी

केन्द्रभाग मिडिया

चितवन ।

नेकपा ‘एमाले’ चितवनको १० औँ जिल्ला अधिवेशनमा ४ जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् ।

पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदैछ । जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठकले इच्छा देखाएको हो । अध्यक्षका आकांक्षी न्यौपाने यसअघि पार्टीको भरतपुर महानगर कमिटीको अध्यक्ष थिए । खड्का यसअघिको नवौँ महाधिवेशनमा जिल्लाको उपाध्यक्षमा निर्वाचित भएको थियो ।

भुर्तेल हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य छन् । नवौँ अधिवेशनमा पाठक जिल्ला सदस्यमा निर्वाचित भएको थियो । जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य पार्वती रावलले सहमतिका आधारमा नेतृत्व चयनका लागि केन्द्रीय नेताको उपस्थितिमा छलफल गरिने जानकारी दिए । सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट नेतृत्वको टुंगो लाग्ने उनको भनाइ छ ।

जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक÷एक र उपसचिवमा दुई जनासँगै १२० सदस्यीय कार्यसमिति बन्ने छ । जिल्लामा छनोट भएका एक हजार ४०० प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने नेता रावलले जानकारी दिए ।

जिल्ला अधिवेशनका प्रतिनिधि पुस १७ गते सबै तहबाट छानिएर आउँदै छन् ।

  • १६ पुष २०७८, शुक्रबार १४:५५ प्रकाशित