देउवाले तोकेको वरीयतामा शेखरको यस्तो प्रतिक्रिया !

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मिलाएको नेताहरुको वरीयतामा नेता डा. शेखर कोइरालाले प्रतिक्रिया दिएका छन् । उनले आफुलाई पार्टीले जुन वरीयतामा रखो पनि फरक नपर्ने बताएका छन् ।

प्रतिनिधिले दिएको मतले वरीयता निर्धारण गरिसकेको भन्दै कागजी मतमा विश्वास नगर्ने प्रतिक्रिया उनले दिए । सभापति पदमा पराजित कोइरालाले आफुलाई १८ सय बढी महाधिवेशन प्रतिनिधिले मत दिएर वरीयता तोकिसकेको भन्दै कागजी वरीयतामा विश्वास नगर्ने प्रतिक्रिया दिएका हुन् ।

महाधिवेशन प्रतिनिधिले दिएको मत र मायाले आफूलाई पहिलो वरीयतामै राख्ने उनले जिकिर गरे । कांग्रेसको परम्पराअनुसार सभापतिमा निकटतम प्रतिद्वन्दीलाई पार्टी वरियतामा दोस्रोमा राख्ने गरिएको छ । तर उनलाई ३६औँ नम्बरमा राखिएको छ।

  • १६ पुष २०७८, शुक्रबार १३:४९ प्रकाशित