भिजिबिलिटी शुन्य, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि विमानस्थल बन्द गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। भिजिबिलिटी शून्य भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन सकेका छैनन् ।

काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । टर्मिनल ड्युटी अफिसका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

भिजिबिलिटी नहुँदा बाहिरबाट आएका विमान ल्यान्ड हुन सकेका छैनन् । विमानहरु आकाशमै होल्ड भएका छन् । कम्तिमा ७ वटा विमान आकाशमै फन्को मारिरहेको विमानस्थलले बताएको छ।

  • १६ पुष २०७८, शुक्रबार १०:०२ प्रकाशित