मुद्रा विनिमयदरः आज डलर, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६३ पैसा र बिक्री दर ३१ रुपैयाँ ७९ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ ।

 

  • १६ पुष २०७८, शुक्रबार ०९:३३ प्रकाशित