हिमपातले मुस्ताङमा अलपत्र ७ पर्यटकको उद्धार, मुक्तिनाथ जाने बाटो बन्द

केन्द्रभाग मिडिया

मुस्ताङ ।

हिमपातले धार्मिक पर्यटकीय गन्त्वय मुक्तिनाथ जाने सडक अवरुद्ध भएको छ ।

गत मंगलबारदेखि निरन्तर परेको भारी हिमपातका कारण मुस्ताङको उत्तरी कोरलानाका जोड्ने उपल्लो मुस्ताङ सडकसहित मुक्तिनाथ सडक समेत बुधबारदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

सडक माथि ३ फिट बढि हिउँ थुप्रिएकाले उपल्लो मुस्ताङ र मुक्तिनाथ जाने सवारी साधनलाई आवत जावतमा रोक लगाईएको प्रहरीले जनाएको छ ।

भारी हिमपातका कारण वारागुङ मुक्तिक्षेत्र(४ कागबेनीदेखि उकालो मुक्तिनाथ रानीपौवासम्मको कालोपत्रे सडक माथि पुरै हिउँ थुप्रिएको हो । हिमपातले सडक यातायात सेवा अवरुद्ध बनेपछि मुक्तिनाथ दर्शनका लागि गएका धार्मिक पर्यटक पैदलै हिडेर मुक्तिनाथ जान बाध्य भएका छन् ।

मुस्ताङमा परेको भारी हिमपातका कारण अलपत्र परेका ७ जना नेपाली पर्यटकलाई प्रहरीले उद्दार गरेको छ । बाग्लुङबाट जीप चढेर उपल्लो मुस्ताङको भ्रमण गर्न गएको टोली मंगलबार राति हिमपातका कारण मुस्ताङको समर(भेना सडकमा फसेको थियो ।

  • १५ पुष २०७८, बिहीबार १६:३२ प्रकाशित