माओवादी बन्दसत्रमा हंगामा, गिरिराजमणि पोखरेलमाथि कारबाहीको माग

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्रमा हंगामा भएको छ । प्रदेश दुईका नेता गिरिराजमणि पोखरेलमाथि कारबाहीको माग भएपछि हंगामा भएको हो ।

गिरीराजमणि र उनी निकटकाले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप लागेपछि उनलाई कारबाहीको माग भएको हो ।

कारबाहीको माग पश्चात विवाद भएको बन्दसत्रमा आज पोखरेल अनुपस्थित भएपछि महाधिवेसनस्थलमा झनै रडाको मच्चिएको हो । तर गिरिराजमणि पोखरेल समूहले भने शालिक आफूहरुले नहटाएको दावी गर्दै आएको छ

कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता रहेका सत्यनारायण भगतले गिरिराजमणि पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो ।

सो विषयमा असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन्दसत्रमै अनुपस्थित रहेको बताइएको छ । गिरिराजमणि समूहकै नेतृत्व गर्ने नारायणकाजी श्रेष्ठ समेत ढिलागरी बन्दसत्रमा उपस्थित भएका थिए ।

  • १५ पुष २०७८, बिहीबार १४:५५ प्रकाशित