महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माओवादी पदाधिकारीको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका पदाधिकारीले महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने हल्ला चलिरहेकाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग गरेका हुन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले यस्तो माग गरेका हुन् ।

उनले जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा राम्रो सन्देश नगएको बताए ।

  • १५ पुष २०७८, बिहीबार १४:४३ प्रकाशित