चर्चित र्‍यापर लाउरे पक्राउ

केन्द्रभाग मिडिया

चर्चित र्‍यापर लाउरे (आशिष राना)  लागुऔषधसहित पक्राउ परेका छन् ।

गएराती(बुधबारराती)पोखराबाट लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

 उनको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले स्रोतले बताएको छ । यद्यपि पुष्टि भने भइसकेको छैन । उनीसहित अन्य ४ जना पनि पक्राउ परेका छन् ।

आज बिदाको दिन परेकाले अनुसन्धानको लागि भोलीसम्म कुर्नुपर्ने भएकाले अहिले नै सबै भन्न नमिल्ने जिल्ला प्रहरी कास्कीका डिएसपी सुन्दर तिवारीले जनाएका छन् । उनीहरुबारे थप अनुसन्धान गरेपछि प्रेसमित गरेर विस्तृत जानकारी दिने उनले बताए ।

लाउरे चर्चित रियालिटी शो हिमालय रोडिजका जर्ज पनि हुन् ।

  • १५ पुष २०७८, बिहीबार १२:५८ प्रकाशित