ल्होसारले शान्ति, अमनचयन कायम होस : वनमन्त्री थापा

केन्द्र खबर

पोखरा ।

गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तमु ल्होसारको उपलक्ष्यमा गुरुङ समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।

ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना विज्ञप्ति प्रकाशित गर्दै थापाले तमु ल्होसारको अवसरमा देशमा शान्ति, अमन चयन, चौतर्फी विकास होस् भन्ने कामना गरेका हुन। उनले साँस्कृतिक विविधता भएको मुलुकमा सवैखाले सँस्कृतिलाई फुल्न फल्न दिईनुपर्ने उल्लेख गरेका छन् ।

विविध खाले सँस्कृतिले देशको आन्तरिक शक्तिलाई मजवुद बनाउने उल्लेख गर्दै मन्त्री थापाले यो पर्वले सामुदायिक सद्भाव वृद्धि गर्न सघाउ पुर्याउने बताए ।

मन्त्री थापाले धर्म निरपेक्षताको सुन्दर पक्ष भनेको सबैखाले धर्म र सँस्कारले समान हैसियत पाउने भएको बताउँदै नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रहेको बताए । उनले गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यस पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको उल्लेख गरे ।

  • १५ पुष २०७८, बिहीबार १०:२९ प्रकाशित