माओवादी महाधिवेशनः नेतृत्व चयनका लागि निर्वाचनको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी भएको छ ।

माओवादी केन्द्रको निर्वाचन आयोगले नयाँ नेतृत्व चयनको लागि आजै औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको बताएको छ। विधान मस्यौदा पारित भएलगत्तै सम्भवतः आजै निर्वाचन तालिका प्रकाशन हुने र आफुहरु भोटिङको लागि तयारी अवस्थामा रहेको आयोगले जनाएको छ।

जारी बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने छ ।

छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र निर्वाचनको तयारी गर्ने आयोगले बताएको हो ।

  • १५ पुष २०७८, बिहीबार ०८:५९ प्रकाशित