प्राविमा १३ हजार बढी शिक्षक माग : गण्डकीका कुन जिल्लामा कति? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो।

आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ। जस अनुसार गण्डकी प्रदेश अन्तर्गतको जिल्ला नवलपरासी पूर्वमा १४५,गोरखामा ३२५, मनाङमा १,लमजुङमा १०३, कास्कीमा १३९, तनहुँमा २८१, स्याङ्जामा २८६, मुस्ताङमा १७, म्याग्दीमा १२६, बागलुङमा ४२९ र पर्वतमा १५० जना माग गरिएको छ।

माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ।आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक माग गरेको हो।

खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षक आवेदन गरिएको आयोगले जनाएको छ। आयोगकै अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ।१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न सक्नेछन् ।

यसअघि आयोगले निमावि शिक्षक पनि माग गर्दै आवेदन खुला गरेको थियो ।

 सम्पूर्ण जिल्लाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

 

  • १४ पुष २०७८, बुधबार १६:१६ प्रकाशित