राप्रपा अध्यक्ष लिङदेनको टिप्पणीः ‘दरबार हत्याकाण्डमा भारतको हात हुन सक्छ’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरवार हत्याकाण्डमा भारतको हात हुन सक्ने बताएका छन् ।

राजा वीरेन्द्रको अवसरमा आयोजित अन्तरक्रियामा लिङदेनले यस्तो परोक्ष टिप्पणी गरेका हुन् । उनले भने,‘भारतले राखेका ६ शर्तहरू राजा वीरेन्द्रले मानेको भए सायद राजा वीरेन्द्र मारिनु पर्ने थिएन। दरबार हत्याकाण्डमा भारतको हात हुनसक्छ’

राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका जनता र राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको लिङदेनले बताए ।

उनले राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा बिलय गराएको आरोप समेत लगाएका छन् । उनले राजनीतिक दलका नेता वा नागरिक भन्दा राजा देशभक्त हुने जिकिर समेत गरे ।

  • १४ पुष २०७८, बुधबार १५:३० प्रकाशित