प्रचण्डमाथि प्रतिनिधिको प्रश्न: अमेरिकाको आलोचना गरेर चीनलाई खुसी पार्न खोजिएको त होइन ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डमाथि प्रश्न गरेका छन् ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा गरेको अमेरिकाको आलोचनाबारे शंका गर्दै प्रतिनिधिहरुले थप प्रष्ट पार्न माग गरेका छन् । उनीहरुले अमेरिकाको आलोचना गरेर चीनलाई खुसी पार्न खोजिएको त होइन भन्ने उनीहरुको प्रश्न रहेको छ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा अमेरिकाको आलोचना गरिएको छ । अमेरिका आफू र आफ्ना साझेदारलाई युद्धमा होम्ने योजनामा रहेको भन्दै प्रचण्डले सोही रणनीति अनुसार अमेरिकाले भारतसँग सम्बन्ध सुदृढ बनाउन खोजेको टिप्पणी गरेका छन् ।

प्रचण्डको प्रतिवेदन भारतबारे मौन छ ।

  • १४ पुष २०७८, बुधबार १४:१४ प्रकाशित