गृहमन्त्री खाँड भोलि पोखरा आउँदै

केन्द्रभाग मिडिया

पोखरा ।

गृहमन्त्री बालकृष्ण खाँड भोली पोखरा आउने भएका छन् ।

रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँड पोखरा आउन लागेका हुन् ।

दिउँसो १ बजे कोमागाने पार्क लेकसाइडमा खाँडले सडक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । त्यसपछि गृहमन्त्री खाँडले दिउँसो २ः३० बजे तमु धिं नेपालले तमुहरुको नयाँवर्ष तमु ल्होछार(तोल्हो)२०७८ को अवसरमा आयोजना गरेको ल्होछार विशेष कार्यक्रमलाई उदघाटन गर्ने कार्यतालिका छ ।

गृहमन्त्री खाँड विहिबार पोखरा नै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । पोखरा बसाईमा उनले गण्डकी सरकारको पछिल्लो गतिविधिका विषयमा जानकारी लिनेछन्।

पोखराको एकदिने बसाईमा सुरक्षा निकाय, व्यवसायिक, राजनीतिक र सामाजिक व्यत्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको सचिवालयले बताएको छ ।

  • १४ पुष २०७८, बुधबार १४:०२ प्रकाशित