नेलम्बो नेपालको चौथो वार्षिक उत्सवः विपन्न परिवारका बच्चालाई न्यानो कपडा तथा स्टेशनरी सामान सहयोग

केन्द्रभाग मिडिया

पोखरा–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले आज एक विषेश कार्यक्रमका बीच आफनो चौथो वार्षिक उत्सव मनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालमा रहेको एक विपन्न परिवार तोल बहादुर थापाका ४ जना वालवच्चाहरुलाई जाडोमा लगाउने न्यानो कपडाहरु ( मोजा, थर्मकोट, ट्रयाक सुट) र स्टेशनरीका सामग्रीहरु ( कपी, झोला, पेन्सील, डट्पने ) माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ धितालका अध्यक्ष हरिश्चन्द्र ढुङ्गानाको रोहवरमा नेलम्बो नेपालका अप्रेशन कोडिनेटर विदित साहले हस्तान्तरण गरे ।

उक्त कार्यक्रमममा नेलम्बो जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी र निर्मला देवकोटा समेत उपस्थित भएका थिए । सामग्री हस्तान्तरण गर्दे साहले नेलम्बो नेपाल विपन्नता भएका व्यक्तिहरुको साथमा रहेको आफ्नो चौथो वर्ष सफलताका साथ विताएर पाँचौं वर्षमा प्रवेश गर्दैगर्दा विपन्नता भएका परिवारहरुलाई सानो भए पनि सहयोग गरी साथ दिन पाउँदा आफुहरु खुशी रहेको बताए ।


उक्त कार्यक्रमममा वडा अध्यक्ष ढुङ्गानाले नेलम्बो नेपाल माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ वासीको मन मस्तिष्कमा सधै रहेको र आज पुनः एक विपन्न परिवारका वालवच्चाहरुलाई न्यानो कपडा तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरि अर्को पुन्य कार्य गरेको प्रति आगामी वर्षका कार्यक्रमहरुको पनि पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

उक्त सामग्रीहरु ग्रहण गर्दै थापाले नेलम्बो नेपालले आफ्ना नानी बाबुहरुलाई जाडो यामका कपडा तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरी ठुलो सहयोग गरेको प्रति हार्दिक आभार व्यक्त गरे । उनले आफु शिक्षाको ज्योती प्राप्त गर्न नपाएका कारण आज धेरै दुःख कष्ट भोग्नु परेको र यी वाल वच्चहरुलाई सकेसम्म शिक्षा प्रदाने गरि सक्षम बनाउनका लागि हरदम लागि पर्ने बताए ।

नेलम्बो नेपालले आफुले नसोचेका सामग्रीहरु प्रदान गरी सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । नेलम्बो नेपालले हरेक वर्षको पौष १४ गतेलाई नेलम्बो नेपालको स्थापना दिवसको रुपमा मनाउँदै आईरहेकोछ ।

  • १४ पुष २०७८, बुधबार १३:५३ प्रकाशित