रक्षामन्त्रालय आजबाट नेतृत्वविहीन: सचिव बढुवामा यी चारको प्रतिस्पर्धा

केन्द्रभाग मिडिया

काठमाडौं ।

रक्षामन्त्रालय आजबाट नेतृत्वविहीन बन्ने भएको छ । मन्त्रालयका सचिव वेगेन्द्रराज शर्माले आज अनिवार्य अवकाश पाउने भएपछि नेतृत्वविहिन बन्ने भएको हो । शर्माले ५८ वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् । उनको अवकाशसँगै रक्षा मन्त्रालय राजनीतिक र प्रशासनिक नेतृत्वविहीन बन्ने भएको छ ।

कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले केही दिनअघि राजीनामा दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को रक्षामन्त्री नियुक्त नगरी सो मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । आजबाट सचिव पनि खाली भएको हो ।

रिक्त रहेको सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिव प्रतिस्पर्धामा देखिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बढुवा शाखाका अनुसार वरिष्ठ सहसचिव कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला सचिव बढुवाको प्रतिस्पर्धामा छन् ।

  • १४ पुष २०७८, बुधबार १२:५२ प्रकाशित