देशभर वर्षा:सबैभन्दा धेरै पानी गोरखाको बारपाकमा, पोखरामा कति पर्‍यो ?

केन्द्रभाग मिडिया

पोखरा ।

गएराती देखि देशभर वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको हो ।देशका उच्च पहाडी र हिमाली भेग मनाङ,मुस्ताङ,पाँचथर, हुम्लाजुम्ला लगायत काठमाडौंका डाँडामा पनि हिउँ परेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार पोखरामा ६.५ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंमा १०.६ मिलिमिटर वर्षा भएको उल्लेख गरिएको छ ।

बुधवार बिहान ८ बजेसम्म सबैभन्दा बढी गोरखाको बारपाकमा पानी परेको मापन गरिएको छ। त्यहाँ २९.४ मिलिमिटर पानी परेको छ।

त्यसैगरी मनाङको हुन्डेमा २७.५ मिलिमिटर, चितवनमा २५.८ मिलिमिटर र लमजुङ २४.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

महाशाखाको अनुसार कीर्तिपुर ११.४ मिलिमिटर, दिपालयमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।

आज दिनभरि नै देशका धेरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

  • १४ पुष २०७८, बुधबार १२:४१ प्रकाशित