महिलालाई फकाएर गेष्टहाउसमा लगी सामूहिक बलात्कार, आठ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं ।काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित नयाँ बसपार्कमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएको हो।महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

बलात्कारमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।

वैदेशिक रोजगारीका लागि हिडेका युवाहरुले ती महिलालाई फकाएर बसपार्कको एउटा गेष्ट हाउसमा लगेर बलात्कार गरिएको भन्ने उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • १४ पुष २०७८, बुधबार १२:२३ प्रकाशित