राष्ट्रिय जागरण परिषद पनि नेकपा एसमा सामेल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा जनवादीसँग पार्टी एकता गरेको नेकपा एकीकृत समाजवादीसँग अर्को पार्टी राष्ट्रिय जागरण परिषदको टोलीले पनि एकता गर्ने भएको छ ।

पूर्व जनमोर्चा अर्थात् नेकपा मसालसँग सम्बद्ध राष्ट्रिय जागरण परिषदको टोली पुस १६ गते एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएको हो ।

मंगलबार राजधानीमा नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा (जनवादी पार्टीबीच भएको एकता घोषणासभामा दिइएको जानकारीअनुसार साध्यबहादुर भण्डारी नेतृत्वमा राष्ट्रिय जागरण परिषदको टोली नेकपा एकीकृत समाजवादीमा सामेल हुने भएको हो ।

  • १३ पुष २०७८, मंगलवार १६:२३ प्रकाशित