प्रावि तहमा १३ हजार ९३ शिक्षक माग, भोलिदेखि फाराम भर्न सकिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

निमाविको विज्ञापन खुलाइसकेको शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकको पनि माग गरेको छ । आयोगले भोलि(बुधबार) विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो ।

विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ ।इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् । परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जनाएको छ ।

  • १३ पुष २०७८, मंगलवार १५:५३ प्रकाशित