एमाले पार्टी कार्यालयमा पुरुष मृत भेटिए

केन्द्रभाग मिडिया

नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक पुरुषको शव भेटिएको छ । मागी खाने जुम्ला चन्दननाथ नगरपालिका–१ का ५६ वर्षीय सेतो कुलाल पार्टी कार्यालयमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।

मृतकको अनुहारमा चोट पटक देखिएको प्रहरीले जनाएको छ ।

  • १३ पुष २०७८, मंगलवार १५:४८ प्रकाशित