नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता

केन्द्रभाग मिडिया

नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता भएको छ ।आज राष्ट्रियसभा गृहमा आयोजित एक समारोहका बीच दुई पार्टीले एकताको घोषणा गरेका हुन् ।

एमालेबाट अलग भएर नयाँ पार्टी खोलेका माधव नेपालले माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीसँग एकीकरण गरेका हुन् ।

महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरीलगायतका नेता एकीकृत समाजवादीमा समाहित भएका छन् ।

  • १३ पुष २०७८, मंगलवार १५:४३ प्रकाशित