सिरहा निषेधाज्ञाः प्रहरीको ज्यादती, ‘सटर बन्द गर नत्र पक्रिन्छु भन्दै व्यापारीलाई चेतावनी’

केन्द्रभाग मिडिया

सिरहा।

सिरहामा तरकारी व्यापारीमाथि प्रहरीले ज्यादती गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले आज भोलि दुई दिन निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउने नाममा प्रहरीले तरकारी व्यापारीमाथि बल प्रयोग गरेर बजार बन्द गराएको छ । आज बिहान गोलबजार राजमार्ग क्षेत्रको साप्ताहिक तरकारी बजारमा प्रहरीले व्यापारीमाथि ज्यादती गरेको पीडितहरूले बताएका छन् ।

राजमार्ग आसपास ५ सय मिटरभित्र निषेधाज्ञा जारी भएको भन्दै प्रहरीले जबरजस्ती बजार बन्द गराएको हो ।प्रहरीले सटरमा तरकारी बेच्ने किसानलाई सटर बन्द गर नत्र पक्रेर लान्छु भन्दै चेतावनी दिदैँ सडकमै घिसारेको स्थानीय व्यापारीले गुनासो गरेका छन् ।

बजार बन्द भएपछि जनजीवन प्रभावित बनेको छ । समस्या समाधानको नाममा प्रशासनले जारी गरेको निषेधाज्ञाले झन समस्या बल्झाएको छ ।

सिरहामा आज र भोलि दुई दिन बिहान ५ देखि बेलुका ७ बजेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् ।

  • १३ पुष २०७८, मंगलवार १३:०५ प्रकाशित