प्रचण्डको प्रतिवेदनमाथि समुहगत छलफल आजदेखीः कुन समुहको छलफल कहाँ ? हेर्नुहोस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक र विधान प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ ।

हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ ।

प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि पार्टी प्यालेससम्ममा समूहगत छलफल हुदैँछ ।

हेर्नुहोस कुन समूहका संयोजक को र कुन ठाउँमा हुदैँछ छलफल

समूह १- ज्येष्ठ क्युनिस्ट मञ्च– एमके प्रसाईं (संयोजक), ठाउँ मञ्च अगाडि ।

समूह २ र ३-सल्लाहकार परिषद– नन्दकुमार थापा (संयोजक), मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुईवटा ।

समूह ४ र ५- प्रदेश १ का प्रतिनिधि– हर्क नेम्वाङ (संयोजक), ठाउँ भानुभक्त हल ।

समूह ६ र ७- प्रदेश २ का प्रतिनिधि– गणेश साह (संयोजक), पारिजात हल, यो पनि दुई भागमा

समूह ८ र ९- लुम्बिनी प्रदेशका प्रतिनिधि– चक्रपाणि खनाल (संयोजक), सिद्विचरण हल, पुस्तकालयनेर

समूह १० र ११- गण्डकी प्रदेशका प्रतिनिधि– गायत्री गुरूङ (संयोजक), पेरिसडाँडाको माथिल्लो हल

समूह १२- प्रवास समितिका प्रतिनिधि– लक्ष्मण पन्त (संयोजक), पेरिसडाँडा मजदुर हल

समूह १३ र १४- कर्णाली प्रदेशका प्रतिनिधि– विमला केसी (संयोजक), एनवान पार्टी प्यालेस, बानेश्वर, दुइवटा हलमा ।

समूह १५ र १६- सुदूरपश्चिम प्रदेशका प्रतिनिधि– खगराज भट्ट (संयोजक), एवान पार्टी प्यालेस, अर्को हल

समूह १७ र १८- केन्द्रीय विभागका प्रतिनिधि– मायाप्रसाद शर्मा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर,

समूह १९- विशेष प्रदेशका प्रतिनिधि– जगत सिंखडा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर

समूह २० र २१- सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि– श्री必利勁
कृष्ण अधिकारी (संयोजक), क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार

समूह २२ र २३- बागमती प्रदेशका प्रतिनिधि– सरल सहयात्री (संयोजक), काठमाडौं ब्याकेट

समूह २४- सम्पूर्ण आयोगका प्रतिनिधि– विष्णुविकास श्रेष्ठ (संयोजक), काठमाडौ व्यांकेटम

समूह २५- जबस, मोर्चाका इन्चार्जहरू, एकता प्रक्रियामा आएकाहरू– अमृता थापा (संयोजक), काठमाडौं ब्याकेटम

  • १३ पुष २०७८, मंगलवार ०९:१९ प्रकाशित