गण्डकीमा डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मा

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले यो मन्त्रालय आफैले हेदैँ आएका थिए । यो सगै गण्डकी प्रदेशमा मन्त्रालयको संख्या १२ पुगेको छ ।

डोबाटेले साढे २ महिना अघि विना विभागीय मन्त्रीको जिम्मा पाएका थिए । यस पहिले आन्तरिक मामिला तथा कानून मन्त्रालय छुट्टै मन्त्रालय थियो ।  पूर्व मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको सरकारले उक्त मन्त्रालयलाई टुक्राएर कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरेको थियो ।

पोखरेलले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्दा अप्रतयासित रुपमा नाम काटिएको भन्दै चर्को विरोध भए पछि मुख्यमन्त्रीले पछि विश्वकर्मालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

गण्डकीमा १२ भन्दा बढि मन्त्री नियुक्ती गर्न पाइदैन । संविधानले संसदको २० प्रतिशत मन्त्री बनाउन पाउने व्यवस्था गरे अनुसार अधिकतम संख्यामा मन्त्री नियुक्ती गरीएको छ ।

  • १२ पुष २०७८, सोमबार १६:५३ प्रकाशित