गण्डकी अपडेटः १६ निको भए, १३ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १६ संक्रमित निको भएका छन् भने १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार १४८ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका १२ र लमजुङका १ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ३७६ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ८२७ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५५ हजार ७५४ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १२३ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमणबाट १ हजार ४ सय २६ जनाले ज्यान गुमाएका छन् ।

 

  • १२ पुष २०७८, सोमबार १६:५२ प्रकाशित