माधवकुमार नेपालसहितका १४ सांसदविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले रिट दायर गरेका माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजीको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

एमालेले नेपालसहितका १४ सांसदको पद खारेजीको माग गर्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसद, सभामुख, निर्वाचन आयोग, लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यही मुद्दामा यसअघि न्यायाधीशद्वय दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश नदिई सक्कल कागज माग गर्दै विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो ।

  • १२ पुष २०७८, सोमबार १६:३३ प्रकाशित