भोलिबाट दिइने भनिएको फाइजर खोप अभियान स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँं।

भोलि मंगलबारबाट दिइने भनिएको फाइजर खोप तत्कालको लागि स्थगित भएको छ। खोपका लागि सिरिञ्ज अभाव भएपछि हाललाई अभियान स्थगित गरिएको बताइएको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताए । उनको अनुसार खोपसँगै सिरिञ्ज पनि आउनुपर्नेमा नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो ।

उनले फाइजर खोपका लागि मात्र सिरिञ्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गरे । उनका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । डाइलुएन्ट पनि २९ तारिखमा आउँदैछ । अभियानका लागि ६ लाख ६४ हजार फाइजर खोप आइसकेको छ।

सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने बताइएको छ ।

  • १२ पुष २०७८, सोमबार १६:०६ प्रकाशित