अश्लीलता फैलाउने युट्युबर पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई पक्राउ गरेको हो । उनले युट्युब च्यालनमार्फत अश्लीलता शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ ।

पक्राउ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १२ पुष २०७८, सोमबार १५:३७ प्रकाशित