संशोधनबिना अहिलेकै अवस्थामा एमसीसी पारित हुदैँन :प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने दाबी गरेका छन्।

सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् ।

उनले प्रतिवेदनमा भनेका छन्,’एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ। यथा स्थितिमा कुनै हालतमा पारित गरिने छैन ।’

  • १२ पुष २०७८, सोमबार १५:०४ प्रकाशित