खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या

केन्द्रभाग मिडिया

सप्तरी।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय ५० वर्षीया भुटानीदेवी यादवको सोमबार बिहान घाँटी रेटी हत्या गरिएको हो ।

बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए । उनको कसले के कारणले हत्या गरेको भन्ने रहस्य खुल्न सकेको छैन ।

तीन साता अगाडि मात्रै छिन्नमस्ता ६ को एक वृद्धको घाँटी रेटेर हत्या गरिएको थियो । उनको अपराधी पत्ता लाग्न नपाउँदै पुनः सोही प्रकृतिको अर्को घटना दोहोरिएको हो

  • १२ पुष २०७८, सोमबार १३:२१ प्रकाशित