लोसपाका असन्तुष्ट नेताद्धारा पार्टी कार्यालयमा धर्नाः वार्ताका लागि अध्यक्ष ठाकुरले भेट्न चाहेनन्

केन्द्रभाग मिडिया

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट नेताहरूले आइतबारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् । तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले धर्ना दिनेहरुसँग भेट्न नचाहेको बताइएको छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा अध्यक्ष तथा पर्यवेक्षक नियुक्त गर्दा जथाभाबी गरेको आरोप आन्दोलनकारीको छ । असन्तुष्ट नेताहरु धर्ना बस्न जनकपुरबाट काठमाडौँ पुगेका छन् ।

धर्नामा बसेको नेताहरुले अध्यक्ष ठाकुरले जिल्ला तथा प्रदेशहरूमा मनोनयन गर्दा पार्टीको विधि र प्रक्रिया अनुसार नगरेको, एकैजनालाई धेरै पद दिएको भन्दै सो विरुद्ध संघर्ष गर्न काठमाडौँ पुगेको बताएका छन् । तर अध्यक्ष ठाकुरले भने उनीहरुलाई भेट्न समय मिलाएका छैनन् ।

धर्ना बस्नुअघि अध्यक्ष ठाकुरसँग सम्पर्क गरेको तर उनले भेट्ने नभेट्ने केही टुंगो नभनेको बताउँदै उनीहरुले आफूहरूको माग सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने बताएका छ् ।

अध्यक्ष ठाकुरले गरेको मनोनयन प्रति असन्तुष्ट हुँदै पार्टीका वरिष्ठ नेता महतोले यो आन्दोलन गर्न लगाएको महन्थ ठाकुर पक्षका नेताहरूको आरोप छ ।

  • १२ पुष २०७८, सोमबार १३:१७ प्रकाशित