एमसीसीको पैसा सित्तैमा आएको भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्त : भीम रावल

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं।
नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमसीसीअन्तर्गत आउने रकमलाई सित्तैमा आएको भनी अभिव्यक्ति दिनु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो कुरा उल्लेख गरेका हुन् ।

उनले लेखेका छन्(‘मूल सम्झौतासंगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति! यस्तो कुरा नेपाल सार्वभौम,स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन।’

  • १२ पुष २०७८, सोमबार १३:२२ प्रकाशित